अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ। एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो। हानले यसलाई असत्य भएका छन्।

Your Ad Code Here

राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन्। अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ। स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलवाटबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन्।

फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ। गत बुधवार अमेरिकामा ३,००० जनाभन्दा बढीको कोभिड-१९ का कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो।

बिहीवार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाएका थिए। तेइस सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थिए। शुक्रवार ट्रम्पले ट्वीट गर्दै एफडीएलाई सुस्त कछुवाको संज्ञा दिएका थिए र लेखेका थिए: .डा. हान तुरुन्तै खोपलाई बाहिर ल्याउ। खेल्न छोड र जीवन रक्षा गर्।’

वाशिङटन पोस्टले तीन स्रोतलाई उल्लेख गर्दै ह्वाउट हाउसका प्रमुख मार्क मिडोजले हानलाई शुक्रवार खोप स्वीकृत गर्न वा राजीनामा दिन निर्देशन दिएका थिए। तर हानले सञ्चारमाध्यमलाई खोपलाई अनुमति दिन छिटो काम गर्न प्रोत्साहित गरिएको भन्दै मिडोजको फोनका बारेमा सञ्चारमाध्यमले गरेको चित्रण असत्य भएको बताए।

राष्ट्रपति निर्वाचित जो बाइडनले भने नागरिकहरूले खोपमा विश्वास गर्नुपर्ने बताए। फाइजरले डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख मात्रा तयार गर्ने बताइएको छ।-बीबीसी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग