सप्तरी (फत्तेपुर) । हाल देशभर आँशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भेगका केहि स्थानहरुमा हल्का वर्षा संगै हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकोले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आई चिसो बढ्नुको साथै तराईका अधिकांश भु–भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर २७ गतेदिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का बर्षा, हिमपात र प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
राती: प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ। हिमाली भू–भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू(भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।
मंसिर २८ गतेदिउँसो प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।
राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
मंसिर २९ गतेदिउँसो: देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडि भू–भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech