जनकपुरधाम । यस पटकको विवाह पञ्चमी अयोध्याबाट जन्ती नआउने भएको छ । कोरोना भाइरस संक्रमणका कारण जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी अयोध्याबाट जन्ती नआउने भएको हो ।

बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित हुने भएको जनाइएको छ । प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । तर यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन ।

Your Ad Code Here

यस पटक विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग