सप्तरी (फत्तेपुर) । हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।

हेशमा दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Your Ad Code Here

साथै, महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बिहिबार

दिउँसोः प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

रातीः प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू(भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

शुक्रबार

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदुर पश्चिम र कर्णालि प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

शनिबार

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदुर पश्चिम र कर्णालि प्रदेशका उच्च हिमाली भूभागमा हल्कारबर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

रातीः प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेश तथा सुदुर पश्चिम र कर्णालि प्रदेशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू(भागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ भने प्रदेश नं १ को पहाडी भू(भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग