परासी । राजावादीहरुले बुधबार पश्चिम नवलपरासीमा पनि प्रदर्शन गरेका छन्।

विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका राजावादीहरुले बुधबार पश्चिम नवलपरासीमा हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

Your Ad Code Here

बर्दघाटबाट निस्केको मोटरसाईकल जुलुस भूमही, सुनवल हुँदै सदरमुकाम परासीमा आएर सभामा परिणत भएको थियो। सभामा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दु राष्ट्रको विकल्प नभएकोमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग