सप्तरी (फत्तेपुर) । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले सगरमाथाको नयाँ उचाई मापन बारे प्रष्ट पारेकी छन् ।

हिजो राति एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले पूर्ववत सहमतिकै आधारमा नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई मापन गरिएको स्पष्ट पारेकी हुन् ।

Your Ad Code Here

सगरमाथाको मापनको लागि नेपालले आफ्नै प्रविधि र जनशक्ति प्रयोग गरेको पनि उनको भनाई छ । हिजो सगरमाथाको नयाँ उचाइ घोषणा गरिएको छ। नेपाल र चीनले मङ्गलवार विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरेको हो । नयाँ उचाइ यस अघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ।

चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४ मिटर रहेको बताउँदै आएको थियो। नेपाल र चीनले मङ्गलवार संयुक्त रूपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन्। नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो।

नेपालले सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो। सगरमाथा पछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान चीन सिमामा पर्दछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग