काठमाडौं । भारतले भारतले विकास गरेको कोरोना भाइरसविरुद्धको कोभ्याक्सिन आकस्मिक प्रयोगमा ल्याइने भएको छ ।

भारतले कोरोना भाइरसविरुद्धको खोप आफै विकास गरिरहेको छ । कोभ्याक्सिन नामको उक्त भ्याक्सिन आकस्मिक प्रयोगमा ल्याइने भएको हो । हैदरावादमा रहेको भारत वायोटेकले कोभ्याक्सिन आकस्मिक प्रयोग अनुमतिका लागि निवेदन दिएको छ ।

Your Ad Code Here

सोमबार कोभ्याक्सिनले उक्त निवेदन दिएको टाइम्स अफ इन्डियाले जनाएको छ । फाइजर र सेरम इन्स्टिच्युट अफ इन्डियाले यसअघि कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउन निवेदन दिइसकेका छन् । कोभ्याक्सिन हाल तेस्रो चरणको परीक्षणका क्रममा छ ।

२६ हजार मानिसमा यो भ्याक्सिन परीक्षण भइरहेको छ । १४ दिनको अन्तरालमा दुई डोज दिइने भ्याक्सिन भारतको आफ्नै स्थानीय उत्पादन हो । यसको परीक्षणमा भारतका उच्च अधिकारीहरु पनि धमाधम सहभागी भइरहेका छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग