काठमाडौं । अर्थ मन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुख धनीराम शर्माले कोरोना भाइरसविरुद्धको खोप किन्न बजेट व्यवस्था नगरिएको बताएका छन् ।

भ्याक्सिन किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको भन्दै महाशाखा प्रमुख शर्माले यस्तो बताएका हुन् ।

Your Ad Code Here

शर्माले ‘भ्याक्सिन किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको छ । तर, अहिलेसम्म बजेट व्यवस्था भएको छैन ।’ भनेका छन् ।

अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन हुने आसमा नेपालजस्तै धेरैजसो गरिब मुलुकले आन्तरिक स्रोतबाट अझै बजेट नछुट्याएका हुन् । नेपालमा पनि विभिन्न मुलुकले द्विपक्षीय सहायतामार्फत खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएका छन्।

भारतले हालै मात्र पनि अनुदानमा खोप उपलब्ध गराउने आश्वासन दिएको छ। बहुपक्षीय दातृ निकायले पनि गरिब र गम्भीर जनस्वास्थ्य समस्या भोगिरहेका मुलुकलाई महामारी नियन्त्रण, उपचार तथा पुनरुत्थानमा सहायता दिँदै आएका छन्। विश्व बैंक, एसियाली विकास बैंकजस्ता निकायले ठूलो रकम विकासशील मुलुकमा कोरोना खोप उपलब्ध गराउन खर्चने भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग