काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको बेला प्रधानमन्त्री ओलीले भोलि ९मंगलबार० विहान ११ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएका हुन् ।

Your Ad Code Here

भोलि सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग