काठमाडौं। विश्वकै अग्लो सगरमाथाको उचाई अझै बढेको छ ।
सगरमाथा अझै पनि विश्वकै अग्लो चुचुरो नै कायम हुने निश्चित भएको छ । यसपटक यसको उचाईमा केही वृद्धि भएको पत्ता लागेको छ ।
नापी विभागले सगरमाथाको उचाईको औपचारिक घोषणा भोलि सोमबार गर्ने जनाएको छ । सरकारले सगरमाथाको उचाईको घोषणा गर्ने मन्त्रिपरिषद बैठकबाट स्वीकृती दिएको थियो ।
त्यसलगत्तै नापी विभागले तयारी पूरा गरेको छ । विगतमा सर्वे अफ इन्डियाले मापन गरी सगरमाथाको उचाई ८८४८ मिटर भनिदै आएको छ । तर, अब यसको उचाई फरक हुने भएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech