चितवन। नारायणी नदीमा निर्माण भएको भिर क्रुज (मिनि पानी हाज) उद्घाटनको मिति कुर्दैछ ।

निर्माण पूरा भए पनि कोभिड १९ को कारण चलाउने अनुमति नपाएपछि त्यतिकै थन्किएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष-२०२० लाई लक्षित गर्दै सञ्चालनमा आउने भनिए पनि उद्घाटनको दिन नजुरेको र कोभिडको कारणले गर्दा चलाउन नपाएको हो ।

Your Ad Code Here

मिनि पानीजहाज सञ्चालननको तयारी गरेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्धक रामचन्द्र कँडेलले निर्माण पूरा भइसकेकाले उद्घाटनको दिन जुर्ने बितिकै तयारी पूरा गरेर सञ्चालन गर्ने बताए ।

देशका अन्य पर्यटकीय क्षेत्रहरु पनि सहजरुपमा खुल्न नसकेकाले मिनि पानीजहाजको पनि उद्घाटन गर्न नसकिएको उनले जानकारी दिए । कँडेलले भने, ‘क्रुजशीप निर्माणको सबै काम सकिएको छ । केही काम उद्घाटनको दिन जुरेपछि पूरा गर्ने तयारी छ ।’

अहिले पानीजहाजलाई अन्तिम रंगरोगन दिने काम भइराखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटनमा आउने इच्छा व्यक्त गरेकाले समय नपाएको जानकारी दिए । उनले भने, ‘उद्घाटन गरेपछि धमाधम अनलाइन बुकिङको काम सुरु हुन्छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले गतवर्ष साउनमा पत्रकार सम्मेलन गरी दसैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिए पनि प्रमुख अतिथिको समय नमिल्दा उद्घाटनको दिन जुर्न सकेको छैन । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि दसैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम गरेको थियो ।-गोरखापत्रबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग