काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ ।
२५ दिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको हो । नेकपा सचिवालय बैठक बस्नुअघि भएको यो भेटलाई भेटलाई सकारात्मक रुपमा लिइएको छ ।
गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भइरहेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech