सप्तरी (फत्तेपुर) । हात हतियारसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् । उनी झुँगी चोकबाट पक्राउ परेका हुन् ।

Your Ad Code Here

भारतबाट हतियार नेपाल भित्र्याएर बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद भएको जानकारी उनले बताए ।

एउटा होटलमा मदिरा सेवनका लागि बसेका मण्डलले कम्मरमा भिरेको पेस्तोल स्थानीयले देखेकोमोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

कम्मरमा हतियार देखेर स्थानीय बासिन्दाले खवर गर्ने वित्तिकै परिचालित प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको जानकारी उनले दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग