चितवन । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर सरकारले काम गर्दै आएको बताएका छन् ।

भरतपुर महानगरपालिकाको वागेश्वरी आइसोलेशन केन्द्रको मंगलबार निरीक्षण पश्चात मन्त्री ढकालले यस्तो बताएका हुन् । उनले भने ‘राज्य अभिभावक हो, जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर सरकारले काम गर्दै आएको छ ।’

Your Ad Code Here

‘विकासलाई दुइ वर्ष पछि धकलेर भएर पनि महामारी रोगको शिकार भएका जनतालाई बचाएर मात्र अन्य काम गर्नेछ ।’ उनले थपे । ‘सरकारले जनताको स्वास्थ्यका विषयमा सम्झौता गर्ने छैन जनता बचाएर मात्र विकासका काम गर्ने छ ।’

भरतपुर महानगरपालिकाले सञ्चालन गरेको योगी नरहरि प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेशन केन्द्रको अवलोकन पछि उहाले कोरोना रोगलाई पररास्त गर्न प्राकृतिक पद्धतीले मद्दत गर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग