सप्तरी (फत्तेपुर) । देशमा थप एक हजार २५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

नेपालमा थप १,२५५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ ।

Your Ad Code Here

नेपालमा अहिलेसम्म एकलाख ५१ हजार ४९७ जना पुरुष र ७९ हजार २२६ जना महिलामा संक्रमण भएको छ । हाल १७ हजार ९०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा नौ हजार ९०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३८० जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग