फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले प्रधानमन्त्री केपीशर्मा ओलीले चाहेको खण्डमा मन्त्रीमण्डल पुनर्गठन हुन सक्ने बताएका छन् ।

गृहजिल्ला पाँचथरको फिदिममा आयोजित पत्रकार सम्मेलनमा नेम्बाङले ‘बाहिर चर्चा भएजस्तो पुनर्गठनको तयारी गरिएको छैन। तर, प्रधानमन्त्रीले चाहेको खण्डमा मन्त्रीमण्डल पुनर्गठन हुन्छ।’ भनेका छन् ।

Your Ad Code Here

सरकार सञ्चालनको सवालमा मन्त्रीमण्डल पुनर्गठन गर्न आवश्यक परे प्रधानमन्त्रीले त्यस्तो कदम चाल्न सक्ने उनको धारण थियो । साथै, नेम्बाङले सरकार सञ्चालनको विषयमा कसैले पनि बखेडा झिक्नु नहुने बताएका छन्।

पार्टी भित्रैबाट सरकार सञ्चालमा असहयोग भएकोप्रति लक्षित गर्दै नेम्बाङले सरकार सञ्चालनमा पार्टीको निर्णय लागु नहुने बताए। ‘पार्टीमा निर्णय गरेर सरकार सञ्चालन गर्ने भन्ने कहिपनि हुँदैन,’ नेम्बाङले भने ‘विश्वको कुनै पनि ठाँउमा पार्टीको निर्णय सरकार सञ्चालनमा लागु हुँदैन।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग