सिरहा । झारफुकको नाममा बलात्कार गर्ने मुस्लिम धर्मगुरु पक्राउ परेका छन् ।
बलात्कारको आरोपमा प्रहरीले सिरहाको लहानबाट मिर्चैया नगरपालिका-१० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन (मुस्लिम धर्मगुरु मौलावी)लाई पक्राउ गरको हो ।
लहान नगरपालिका ७ की एक २३ वर्षीया मुस्लिम युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । हसन लहानमा डेरा गरी बस्दै आएका थिए।
उनीमाथि जर्वजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय मार्फत अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीले जानकारी दिए।
पक्राउ परेका आरोपित मौलवी हसन मुस्लिम समुदायमा बिरामी परेकाहरुलाई उनी झारफुक पनि गरिरहेको थिए। झारफुकको नाममा अन्य व्यक्तिहरुलाई शोषण गरेको आशंका गरिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech