सप्तरी (फत्तेपूर) । त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ।
प्युठानबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको थियो ।
पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता हुनुका साथै एक जना घाइते भएका थिए । सोही ३ जना मध्ये २ जनाको शव फेला परेको हो भने, एक जना अझै बेपत्ता नै रहेका छन् ।
भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो। बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech