काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खसेको छ ।

पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता हुनुका साथै एक जना घाइते भएेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिए ।

Your Ad Code Here

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी बिहीबार बिहान ५:३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो।

त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग