काठमाडौँ । युरिया मल अझै आउने कि नआउने अन्योलमा छ ।

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल अझै आउने कि नआउने अन्योलमा रहेको हो । सुरुमा पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिक टन युरिया मल पछि खरिद गरेर ल्याउने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो तर कुन प्रक्रियाबाट ल्याउने भन्ने अझै निर्णय नभएका कारण आपूर्ति अन्योल देखिएको छ ।

Your Ad Code Here

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बङ्गलादेशबाट युरिया मल खरिद गरेर ल्याउने भनी निर्णय मन्त्रिपरिषद्ले गरे पनि जीटुजीबाट ल्याउने कि खुला प्रतिस्पर्धाबाट त्यो स्पष्ट नभएका कारण त्यसमा छलफल भइरहेको छ ।

कृषि मन्त्रालयले जीटुजीबाट मल खरिद गर्ने भनी मन्त्रिपरिषद् समक्ष प्रस्ताव गरेको थियो तर मन्त्रिपरिषद्को बैठकले जीटुजी वा प्रतिस्पर्धाबाट मल खरिद गर्ने निर्णय गरेपछि मन्त्रालय अन्योलमा परेको छ । जीटुजीबाट ल्याउने कि प्रतिस्पर्धा गराएर मल ल्याउने त्यसबारे मन्त्रालयमा छलफल भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग