महोत्तरी । बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु भएको छ ।

बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । 

Your Ad Code Here

न्यौपानेलाई मंगलबार उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग