झापा । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले दमक नगरपालिका-६ का नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई पक्राउ गरेको छ ।

नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

Your Ad Code Here

‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि हामीले पक्राउ गरेका हौं,’ विभागका एक अधिकारीले भने। पुरी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए।

दमक नगरपालिका-८ को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरीमाथि विभागले अनुसन्धान गरिरहेको थियो। विभागका ती अधिकारीका अनुसार उनले अवैध आर्जन गरेको सम्पत्ति करिब ६ करोडजति फेला परिसकेको छ। बाँकी रहेको सम्पत्तिबारे पनि अनुसन्धान चलिरहेकाले बिगो बढ्ने ती अधिकारीले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग