काठमाडौं । विदेशबाट आउने व्यक्तिले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने व्यक्तिले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नीतिलाई पुनस् कार्यान्वयन गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हवाईमार्ग वा स्थलमार्ग भएर विदेशबाट आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जानकारी दिएका छन्।

Your Ad Code Here

मन्त्रालयका कोभिड फोकल पर्सन डा महेन्द्रप्रसाद श्रेष्ठका अनुसार विदेशबाट आउने व्यक्तिलाई होम क्वारेन्टिनमा राख्नलाई अहिले टोलटोलमा निगरानी समूह गठन गर्ने काम भइरहेको छ। उनले उक्त निगरानी समूहले विदेशबाट आउने व्यक्ति घरमा बसे/नबसेको निगरानी गर्ने जनाए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग