जनकपुरधाम । मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद ज्यसवालले बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्ने बताएका छन्।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले यूएसएआईडीको सहयोगमा मधेश प्रदेशमा चार वर्षसम्म सञ्चालन भएको ब्रेक थ्रो एक्सन नेपालको वाल विवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरणका लागि स्थानीय प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका सिकाई र अनुभव साटासाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

Your Ad Code Here

उनले बालविवाह हुने प्रदेशमा मधेश पहिलो प्रदेश रहेको चर्चा गर्दै केही बाध्यात्मक परस्थितीका कारण समेत बालविवाह हुने गरेको बताएका छन्। बालविवाह, दहेज प्रथा जस्ता विकृतिको समाजबाट अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारले समेत यसलाई रोक्नका लागि विभिन्न खालका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग