सप्तरी । प्रदेश २ को विभिन्न जिल्लाबाट सशस्त्र प्रहरीले ७० किलोग्राम गाँजा बरामद गरेको छ ।

सिराहाको औरही गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–११ बाट शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो ।

Your Ad Code Here

भारत लैजाँदै गरेको अवस्थामा ३० किलो गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो । सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग