सप्तरी । देशमा थप २ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

Your Ad Code Here

मन्त्रालयका अनुसार चौबीस घण्टामा पिसीआर विधिबाट २ सय ५२ र एन्टिजेन विधिबाट २८ संक्रमण पुष्टि भएको हो । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६३५ रहेको छ ।

पछिल्लो चौबीस घण्टामा ३ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६३५ रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग