विनाशकारी आँधीका कारण अमेरिकामा ७० जना भन्दा बढीको मृत्यु भएको छ।
केन्टकीका र्भनर एन्डी बेशियरले विनाशकारी आँधी अहिलेसम्मकै डरलाग्दो रहेको बताएका छन्। गर्भनरले मृतकको संख्या अझै बढ्नसक्ने बताएका छन्। त्यहाँको विभिन्न गोदामहरुमा कामदारहरु फसेको बताइएको छ।
केन्टकी लगायत अमेरिकाको अन्य ६ राज्यमा विनासकारी आँधीले नराम्ररी असर पारेको छ । न्युयोर्क टाइम्सका अनुसार केन्टकीको मेफिल्डमा रहेको मैनबत्ति कारखानमा एक सयभन्दा बढी कामदारहरु फसेका छन्। गर्भनर बेशियरले उनीहरुको तत्काल उद्धार नगरे धेरै मानिसको ज्यान जानसक्ने उल्लेख गरेका छन्।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech