काठमाडौँ । भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा हिजो मात्रै १७ जनालाई कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ ।

Your Ad Code Here

योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो । भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग