काठमाडौं । चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

शुक्रबार दिउँसो २ बजे चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको हो ।

Your Ad Code Here

स्वास्थ्य सेवा विभागका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जनाए अनुसार नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ ।

निगमको वाइडबडी– ३३० जहाज बिहीबार खोप लिन चीनको बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो सयम खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग