सप्तरी (फत्तेपुर)। मैथिली कलाकार सनातन दासको अभिनय रहेको ‘पिरितिया लगाके’ बोलको म्युजिकल भिडीयोको ‘भ्युज’ मिलीयन कटेको छ ।
मैथिली गायन क्षेत्रका सुपरस्टार गायक सन्नु कुमारको स्वरमा रहेको ‘पिरितिया लगाके’ बोलको म्युजिकल भिडीयोको ‘भ्युज’ मिलीयन कटेको हो ।
सार्वजनिक भएको केही समयमै उक्त भिडीयोको ‘भ्युज’ मिलीयन कटेको कलाकार दासले स्वयम जानकारी दिएका छन् । वियोगात्मक उक्त गीतमा सनातन दासले मोडेलको प्रमुख भुमिका निभाएका छन् भने, गायक सन्नु कुमार र मेणुका माझीको पनि मोडेलमा भुमिका निर्वाह गरेका छन् ।
उक्त गीतमा गरिब युवक (सनातन दास) र धनी युवती (मेणुका माझी)बीच प्रेम सम्बन्ध रहेको, केटा प्रेमी भन्दा हेन्डसमका साथै धनी भएको अरु (सन्नु कुमार)सँग ती युवतीले प्रेम सम्बन्ध बनाएको, र पहिलाको प्रेमी वियोगमा परि मान्सिक सन्तुलन गुमाएको जस्ता कुरालाई देखाउन खोजिएको छ ।
हामी जो कोही पनि मायाको नाटक गरि कोहीलाई धोखा नदिनु नै वियोगात्मक सो गीतको मुल आश्य रहेको छ । साथै धोखा पश्चातको अवस्था पनि सन्नु कुमारले यस (पिरितिया लगाके) बोलको भिडीयो मार्फत दर्शाएका छन् ।
तपाईको प्रतिक्रिया