‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो एबीएस म्युजिकले सार्वजनिक गरेको हो । गीतमा प्रशान्तकै शब्द तथा संगीत रहेको छ भने भिडियो अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् ।
एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ । आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले निर्माण गरेको हो ।
तपाईको प्रतिक्रिया