Tuesday, July 15, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

क्लिन फिड : शुक्रबार मध्यरातिबाट रोकिनेछ १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण


क्लिन फिड : शुक्रबार मध्यरातिबाट रोकिनेछ १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

६ कात्तिक, काठमाडौं । भोलि (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।

कात्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।

ऐनमा भनिएको छ, ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।’

कुन-कुन च्यानल बन्द हुन्छन् ?

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार भोलि मध्यरातबाट ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुने अवस्था छ । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द हुने उनले बताए ।

टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानललले तत्कालै क्लिन फिड कन्टेन्ट दिन नसिकने बताएका छन् ।

कतिपयले तयारी गरेपनि पुरा गर्न सकेका छैनन् । अध्यक्ष पराजुलीका अनुसार ‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित भोलिको मध्यरातबाटै प्रसारण हुनेछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्शारण नहुने भएका छन् ।

२० वटा विदेशी च्यानलले क्लिनफिडको सबै तयारी सकाएको र ‘जी’का १२ वटा च्यानलले भोलिसम्म सबै तयारी सकाउने जानकारी आएको पराजुलीले बताए । ‘अब फुटबल र क्रिकेटका च्यानलहरु बन्द हुन्छन्,’ उनले भने,’सम्बद्ध च्यानलले क्लिन फिड गर्न समय माग्दा सरकारले दिएन, त्यसैले केही समय ३२ वटा विदेशी च्यानलमा ग्राहकले चित्त बुझाउनुपर्छ ।’

पराजुलीका अनुसार पैसा तिरेर किनिने प्याकज बाहेकका ‘फ्रि टु एयर’मा सित्तैमा उपलब्ध हुने १२० वटा च्यानल पनि भोलि मध्यरातबाटै बन्द हुनेछन् । ‘स्मार्ट र कलर्सका क्लिन फिड गर्ने बक्स सिंगापुरमा आइपुगेर अडि्कएको छ,’ उनले भने,’उनीहरुले कहिलेबाट क्लिन फिड प्रविधि जडानको सकाउँछन् भन्ने पक्का भएको छैन ।’

भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बज्ने छ । अन्य न्युज च्यानलले नेपालमा क्लिन फिडसहित प्रसारण गर्न चाहेका छैनन् । न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न असहज छ ।

प्रत्यक्ष प्रसारणका बेलामा विज्ञापन हुने समय निश्चित नहुने भएकाले क्लिन फिडले खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ । तर, खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् । भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ । त्यो समयमा नेपालकै विज्ञापन राख्न पाउनुपर्ने माग नेपाली टेलिभिजन सेवा प्रदायकहरूले गरेका छन् ।

तर, संसदको विकास तथा प्रविधि समितिले नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै क्लिन फिड गरिएका विदेशी च्यानलमा नेपालको विज्ञापन बजाउन नपाउने प्रबन्ध गर्न निर्देशन दिएको छ ।

Tags: क्लिन फिड

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार
banner News

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

अशोज १, २०८१, ११:५३ AM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि