काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ रुपैयाँ तोकेको छ ।
साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।
यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८५ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७८ र बिक्रीदर २७ रुपैयाँ ९३पैसा तोकिएको छ।
यस्तै कुवेती दिनार १ को खरिददर ३८४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८६ रुपैयाँ ३८ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर ३०८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३१० रुपैयाँ ३४ पैसा छ ।
यसैगरी आज १०० कोरियन वनको खरिददर १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६१ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया