सप्तरी । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।

स्थानीय बजारमा आज छापावाला सुन तोलामा ४०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

Your Ad Code Here

यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग