सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य १ सयले बढेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १३ सय ५० मा कारोबार भएको चाँदी मुल्य आज भने १३ सय ४५ मा खरिदबिक्रि भरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया