सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ४ सयले बढेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ४ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आइतबार सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मुल्य ५रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १२ सय ९५ मा कारोबार भएको चाँदी मुल्य आज भने १३ सयमा खरिदबिक्रि भरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया