दमक । वेश्यावृत्ति गराउने दुई जना पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका -३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका-४ बस्ने नन्दिता सावाँ लिम्बु रहेकी छन् ।
दमक नगरपालिका वडा नं. ६ नयाँ सब्जीमण्डीस्थित एक घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
साथै सो भाडाको घर खानतलासी गरी १७ देखि ३९ वर्ष उमेर समूहका आठ जना महिला तथा युवतीहरुलाई उद्धारसमेत गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया