बारा । प्रहरीले कटुवा पेस्तोल र गोली सहित एक जनालाई पक्राउ गरेको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ शान्तिटोल स्थित गजेन्द्र ठाकुरको सैलुनबाट प्रहरीले कटुवा पेस्तोल र गोली सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको साविक डाम्ही मडई गाविस -२ का ४० वर्षीय प्रमोदकुमार भुमिहार रहेका छ । उनको साथबाट कटुवा पेस्तोल एक थान, गोली दुई राउण्ड र दुई थान मोबाइल बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको संयुक्त प्रहरी टोलीले सैलुनमा शंकास्पद अवस्थामा बसिरहेका भूमीहारको शरिर खानतलाशी गर्दा पेस्तोल र गोली बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
तपाईको प्रतिक्रिया