काठमाडौं । भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

स्याङ्जाको हरिनास गाउँपालिका-४ कुलुङखोला सानिस्वाराबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका हुन् ।

Your Ad Code Here

पष््रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल रहेका छन् । उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुदसमेत बरामद गरेको छ ।

जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एपी होबिन्द्र बोगटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग