कैलाली । बलात्कारको आरोपमा २ जना युवक पक्राउ परेका छन् ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार राति लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
भने, कृष्ण राउत फरार भएका छन् । फरार कृष्ण राउतको खोजी गरिरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया