बैतडी । घरबाट भागेका देवर-भाउजूको अस्पतालमा मृत्यु भएको छ ।
घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूको पाटन नगरपालिका-८ कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
दुई दिनअघि घरबाट निस्केका उनीहरु शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार त्यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर-भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ ।
“भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।” देवर-भाउजू कहाँ जान त्यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन ।
“उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन, खाँदा बिरामी परेँ भन्थे”, थापाले भने, “उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।” प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ ।
तपाईको प्रतिक्रिया