सप्तरी । सर्लाहीबाट हतियारसहित १ जना पक्राउ परेका छन् ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका-८ का ५० वर्षीय अरुण मिश्रलाई प्रहरीले पक्राउ गरेका हुन् । मिश्रलाई कविलासी नगरपालिका-१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । यस सम्बनधि थप अनुसन्धान जारी नै रहेको प्रहरी उपरीक्षक राठौरले बताएका छन् ।
तपाईको प्रतिक्रिया