रुपन्देही। हत्या गरि फालिएको अवस्थामा एक ५५ वर्षीया महिलाको शव फेला परेको छ ।
गैडहवा गाउँपालिका २ की महिलाको शव तोरीबारीमा भेटिएको प्रहरीले जनाएको छ । हत्या गरि फालिएको अवस्थामा कलावती धोबीको शव भेटिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
बुधबार साँझ घरबाट निस्किएकी उनको लास गाउँनजिकैको तोरिबारीमा भेटिएको हो । उनको टाउको चोट देखिएको छ । उनको हत्या किन र केको लागी गरिएको बारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया