बारा । एक सय २ किलो लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

गाँजा तथा गोली लोड गरिएको बन्दुकसहित बारा प्रहरीले बागमती प्रदेश मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ४७ वर्षीय इमानसिंह तमाङलाई पक्राउ गरेको हो ।

Your Ad Code Here

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएअनुसार सातरआठ जना समूहको अपरिचत ब्यक्तिहरुले निजगढ नगरपालिका वडा नम्बर–१३ स्थित भक्तलाल खोलाको बगरमा लागु औषध खरिदबिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

बगरमा लागु औषध खरिदबिक्री गरिरहेको सुराकीले दिएको सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय निजगढ तथा अस्थायी प्रहरी पोष्ट रतनपुरीको संयुक्त प्रहरी टोलीलाई देखेर शनिबार राती पौने १० बजे राती ५ राउण्ड फायर गरेपछि प्रहरीले प्रतिकारमा जवाफ दिएको थियो ।

प्रहरी जवाफ खेप्न नसकी उनीहरु भाग्ने क्रममा सो ठाउँबाट ५ वटा बोरा भित्र रहेको १०२ किलो गाँजा तथा तामाङ्को साथबाट गोली लोड गरिएको १ थान भरुवा बन्दुक बरामद गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग