विराटनगर । गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दन र शिवरञ्जन सिंह रहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

Your Ad Code Here

कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु तीन हजार ४०० र अर्का भारतीय नागरिक सिंहका साथबाट १०० को भारतीय नक्कली नोट रु १४ हजार ३०० बरामद गरेको जनाइएको छ ।

प्रहरीले दुवै जनालाई मोरङको रङ्गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग