सप्तरी (फत्तेपुर) । प्रहरीले लागु औषध कारोबार गर्ने पाँचजनालाई उदयपुरबाट पक्राउ गरेको छ ।
हिजो लागु औषधको कारोबार गर्ने ३ ग्राम लागु औषध (ब्राउन सुगर) सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका बस्ने रेवत कुमार खाती, रोहित कुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगररहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनिहरुलाई त्रियुगा नगरपालिका–२ स्थित लुहाले खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
तपाईको प्रतिक्रिया