सप्तरी (फत्तेपुर) । सामुहिक बलात्कारको आरोपमा बैतडीका एक वडा अध्यक्षसहित ६ जना पक्राउ परेका छन् ।
बैतडीको सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्ष शेरसिंह साउँदस लगाएत राजेन्द्र धामी, नरेन्द्र धामी, गोपाल धामी, मनोजसिंह धामी र अमर धामी पक्राउ परेका हुन् ।
सोही प्रकरणमा मुछिएका स्थानिय दीपकसिंह धामी भने फरार रहेका छन् । १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो ।
तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो तर पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया