महोत्तरी । नेपाली नक्कली नोट सहित दुईजना भारतीय पक्राउ परेका छन् ।
महोत्तरीको औरही नगरपालिका १ औरही बजारबाट नेपाली नक्कली नोट सहित दुईजना भारतीयलाई प्रहरीले पक्राउ गरको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको मनपौर ग्राम पंचायत बस्ने शंकर रायको छोरा वर्ष २१ का पिन्टू कुमार राय र साही ठाउँका रामदयाल सिंहको छोरा वर्ष १२ का रितेश कुमार सिंह रहेका छन् ।
पान पसल र स्याउ पसलमा समान किनेर नक्कली नोट दिएको हल्ला हुँदा बीआर ३०७ भी ९४८७ नम्बरको स्कुटर सवार उनीहरुलाई रोकेर चेक गर्दा हजारको २२ वटा नक्कली नोट बरामद गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया