झापा । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका–३ बिर्ता बजारबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
बिर्ता बजारबाट २३ ग्राम २ सय ४० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ पथरी नगरपालिका–२ बुद्ध चोक बस्ने ३४ वर्षीय भिम राज राई र सोही नगरपालिका–१ बस्ने ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका प्रहरीले जनाएको छ ।
को।२७ प ८६७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको बताएको छ।
तपाईको प्रतिक्रिया