सप्तरी । ६५ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जबाट ६५ किलोग्राम लागुऔषध गाँजासहित मंगलबार साँझ ५ बजे एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्ती बस्ने ५१ वर्षीय ट्रक चालक रामकुमार मोक्तान रहेको प्रहरीले जानकारी दिए ।
सर्च एण्ड रेड कारबाहीको क्रममा वीरगञ्ज-१८ भवानीपुर सडकछेउ रोकिराखेको बागमती प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया